कान्तिपुर भेट डिस्ट्रिव्युटरर्स प्रालिका सञ्चालक हेमराज बडाल पक्राउ
काठमाडौँ, ३० असोज । कान्तिपुर भेट डिस्ट्रिव्युटरर्स प्रालि काठमाडौँका सञ्चालक हेमराज बडाल (ऋषि) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बेलुका नयाँ बानेश्वर क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।
बडाल सञ्चालक रहेको कान्तिपुर भेटले भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोग छ ।
कान्तिपुर भेटले पशु सेवा विभाग राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापनबाट प्राप्त गरेको पशुपक्षीको फिड सप्लिमेन्ट प्रोवायोटिक्स, भिटामिन, मिनरल, टक्सिन, वाइण्डर लगायत आयात गर्न दिइएको अनुमति पत्रलाई किर्ते गरेर दर्ता नभएकाFlocure 10%, Florlutin 45%, Binodox, Levoflox BH, Piperazine लगायतका औषधीको विवरणहरु भन्सारमा पेश गरी औषधी आयात गरेको सीआईवीको आरोप छ ।
सोही केसमा सीआईबीले यसअघि उनकी श्रीमती सुना सुवेदीलाई गत २४ असोजमा पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको थियो ।
सम्पर्क इमेल : [email protected]