किर्ते आयात अनुमति पत्र पेश गरी औषधी भित्र्याएको आरोपमा कान्तिपुर भेटका सञ्चालक सुवेदी पक्राउ
काठमाडौँ, २५ असोज । पशु सम्वन्धी आहार तथा औषधीको आयात तथा विक्री बितरण गर्ने कान्तिपुर भेट डिस्ट्रिव्युटरर्स प्रालि काठमाडौँकी सञ्चालक अध्यक्ष मुना सुवेदी लिखत सम्वन्धी कसुरमा पक्राउ परेकी छन् ।
सुवेदीलाई आयात अनुमति पत्र किर्ते गरी नेपालमा दर्ता नै नभएका औषधी भित्राउने कार्य गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले शुक्रबार पक्राउ गरेको हो ।
कान्तिपुरले पशु सेवा विभाग राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापनबाट प्राप्त गरेको पशुपक्षीको फिड सप्लिमेन्ट प्रोवायोटिक्स, भिटामिन, मिनरल, टक्सिन, वाइण्डर लगायत आयात गर्न दिइएको अनुमति पत्रलाई किर्ते गरेर दर्ता नभएका Flocure 10%, Florlutin 45%, Binodox, Levoflox BH, Piperazine लगायतका औषधीको विवरणहरु भन्सारमा पेश गरी औषधी आयात गरेको सीआईवीको आरोप छ ।
प्रहरीका बरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार कान्तिपुर भेट डिस्ट्रिव्युटर्स बिरुद्ध लिखत सम्वन्धी कसुरमा मुद्धा दर्ता भई ललितपुर जिल्ला अदालतबाट पक्राृउ अनुमति लिएर सुवेदीलाई नियन्त्रणमा लिएको बताए ।
सम्पर्क इमेल : [email protected]