स्वास्थ्यमा एक्कासी समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौँ, २५ असोज । एक्कासी स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ ।

उनलाई शनिबार विहान साढे ११ बजे तिर महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो ।

बान्ता हुने र असजिलो महसुस हुने अवस्था आएपछि उनलाई अस्पताल लगिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । अस्पताल स्रोतले भने प्रारम्भिक परीक्षणमा त्यस्तो ठूलो समस्या नभएको बताएको छ ।

राष्ट्रपति पौडेलले आज जेनजी टोलीसंग छलफल गर्ने योजनामा थिए । जेनजीका केही प्रतिनिधिहरु राष्ट्रपति कार्यालय समेत पुगिसकेका थिए ।

अस्वस्थ भएपछि राष्ट्रपति कार्यालय आजका लागि तय गरेको बार्ता सोमबारका लागि सारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *