चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्धारा १२ बुँदे निर्देशन जारी

152
Shares

काठमाडौँ, ८ असोज। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आफू र मातहतका संस्थाबाट हुने काममा प्रभावकारी सुधार ल्याउन १२ बुँदे आचारसंहिता जारी गरेको छ ।

न्याम्स र यस अन्तर्गतका सेवा प्रदायक संस्थाको  गुनासो आउने क्रम नरोकिएको भन्दै मंगलबार दिनभर जसो फरक फरक जेन जी समूह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरुङ लगायको टोलीले उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतसहित न्याम्स र वीर अस्पतालका पदाधिकारीहरुसंग चरणवद्ध रुपमा छलफल गरेको थियो ।

सोही छलफलको आधारमा न्याम्सले आज आचारसंहिता जारी गरेको हो ।

न्याम्सले आफ्ना चिकित्सक, नर्स, पारामेडिक्स, प्रशासनिक तथा अन्य कर्मचारीहरूलाई लक्षित गर्दै १२ बुँदे निर्देशन जारी गरेको हो ।

अस्पतालले बुधबार जारी गरेको सूचनामा पछिल्लो समय कर्मचारीहरूबाट अनुशासनहीन व्यवहार प्रदर्शन भई सेवामा नकारात्मक असर परेको उल्लेख छ ।

यी हुन् १२ बुँदे निर्देशनका मुख्य बुँदाहरुः

१.  बिरामी तथा सेवाग्राहीहरूसँग शिष्ट र मर्यादित व्यवहार गर्ने ।

२.  कार्यालयको निर्धारित समयमा उपस्थित भई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्ने ।

३.  कार्यालय समयावधिमा खाजारखाना खानु परेमा तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्ने ।

४.  बिना स्वीकृति वा सेवामा असर पर्ने गरी बिदा नलिने ।

५.  चिकित्सकरस्वास्थ्यकर्मीहरुले कार्यालय समयबाहिर अस्पताल बाहिर निजी अस्पतालरक्लिनिकमा बिरामी जाँच्न नपाउने ।

६. अस्पताल बाहिर ओपिडी पसल, ल्याब, इमर्जेन्सी सेन्टर आदि नखोल्ने ।

७. अस्पतालमा हुने परीक्षणहरू अस्पतालले नै व्यवस्था मिलाउने ।

८.  बिरामीहरूलाई अनावश्यक रूपमा अन्य अस्पतालमा रिफर नगर्ने ।

९. ओपिडी वा बिरामी नछोडी कार्यस्थलमै रहने, निर्धारित समय अगावै नजाने ।

१०. कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग नगर्ने ।

११.  बिरामीहरूलाई कुनै खास ब्राण्डको औषधि तथा उपकरण खरिद गर्न बाध्य नपार्ने ।

१२.  तोकिएको एप्रोनरपोसाकरआइडी कार्ड लगाएर मात्र सेवा प्रदान गर्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *