स्वास्थ्य बीमितलाई उपचार सेवा दिने २९६ स्वास्थ्य संस्थालाई बोर्डद्धारा ४ अर्ब ३५ करोड भुक्तानी
गतवर्ष असोज सम्मको बक्यौताको सोधभर्ना
काठमाडौँ, १ असोज । स्वास्थ्य बीमा सेवा उपलव्ध गराउने अस्पतालहरुले गतवर्ष (२०८१ साल) असोज मसान्तसम्मको बक्यौता रकम प्राप्त गरेका छन् । स्वास्थ्य बीमा बोर्डले गत २० भदौमा ४ अर्व ३५ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।
यो रकमले बीमितलाई उपचार सुविधा उपलव्ध गराएका अस्पतालहरुको गतवर्ष असोज मसान्तसम्मको बक्यौता रकमको सोधभर्ना भएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।
त्यसो त बोर्डले असोज यता चैतसम्म उपचार सेवा उपलव्ध गराउने अस्पतालहरुलाई सेवामा समस्या नहोस भन्दै पेश्की वापत ४ अर्व ३८ करोड रुपैयाँ गत वैशाखमा भुक्तानी गरेको थियो ।
सूचना अधिकारी मल्लका अनुसार पछिल्लो भुक्तानी पछि बोर्डले आर्थिक वर्ष २०८१ ०८२ अर्थात गत असार मसान्तसम्मको भुक्तानी गर्नुपर्ने बक्यौता रकम १५ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ ।
उनले पछिल्लो भुक्तानी बीमितको दर्ता नविकरणबाट उठेका रकमहरुबाट उपलव्ध भएको समेत स्पष्ट पारे । उनले चालु आर्थिक वर्षको बजेटका लागि सरकारले उपलव्ध गराएको १० अर्व रकम भने वितरण हुन बाँकी रहेको बताए ।
गत आर्थिक वर्षको बक्यौँता गर्न बाँकी अहिले पनि १५ अर्व ३३ करोड रुपैयाँ रहेको छ । सरकारको बजेट १० अर्व मात्रै हो । थप रकम नभई अझै पनि पूर्ण सोधभर्ना गर्न सकिदैन ।
त्यसो त स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म बक्यौता रकम पूर्ण रुमपा सोध भर्ना गर्न भन्दै १८० जना मेडिकल अधिकृत करारमा लिएर दावी गरिएका रकमको रिभ्यु गराएको छ । तीन महिने करारमा नियुक्त भएका उनीहरुले आधा आधी काम सकेको बोर्डले जनाएको छ ।
‘मेडिकल अधिकृतहरुले तोकिएको समयमा तोकिएको काम सम्पन्न गर्ने देखिएको छ । त्यसपछि बोर्डमा पहिले देखि नै रहेका २५ जना प्राविधिकले नियमित रुपमा नै दावी रकमको रिभ्यु गर्ने छन्,’ सूचना अधिकारी मल्लले बताए ।
विसं २०७२ चैत २५ गते कैलाली देखि सुरु भएको स्वास्थ्य बीमा अहिले देशभर पुगेको छ । बीमा सेवा उपलव्ध गराउनका लागि बोर्डले ५०२ वटा स्वास्थ्य संस्थासंग सेवा सम्बन्धी सम्झौँता भएको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]