जेनजी आन्दोलनका घाइते भेटन ट्रमा सेन्टर जाँदै प्रधानमन्त्री कार्की

100
Shares

काठमाडौँ, २८ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज जेनजी समूहको अगुवाईमा भएको आन्दोलनका घाइतेहरूलाई भेट्न काठमाडौँका विभिन्न अस्पतालमा जाँदै छन् ।

प्रधानमन्त्री कार्की अहिले केही बेरमा राष्ट्रिय ट्रमा सेन्टरमा पुग्दै छिन् । अहिले ट्रमा सेन्टरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस्तै सिभिल अस्पताल, केएमसी लगायतका अस्पतालहरुमा जाने कार्यक्रम छ ।

त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । १८०० बढी घाइते भएका थिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *