आज विश्व आत्महत्या रोकथाम दिवस:

‘आत्महत्या बारेका कथा अब परिवर्तन गरौँ’

काठमाडौँ, २५ भदौ । आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहकार्यमा आज संसारभर यो दिवस मनाईदै छ ।

नेपालमा भने गत दुई दिन यता विकसित घटना क्रमका कारण आजको यो दिवस मनाउने कार्यक्रम ओझेल परेजस्तो देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष आत्महत्याबाट संसारभर २ लाख ८ हजार बढीको मृत्यु हुने गरेको छ ।

अझ दक्षिणपूर्वी एसिया क्षेत्रमा त झन् एक प्रमुख समस्या हो । डब्लुएचओले आत्महत्यालाई मृत्युको प्रमुख कारणमध्ये एक हो भनेको छ । यस्तै सबै उमेर, लिंग र पृष्टभूमिका मानिसलाई असर गर्दछ ।

डब्लुएचओले दिवसको अवसरमा आत्महत्या रोकथामबारेमा कुराकानी सुरु गर्न, आत्महत्या रोकथामबारेमा खुलेर कुरा गर्न, करुणा देखाउन र समर्थन गर्न आम परिवारका सदस्य र समुदायमा आव्हान गरेको छ ।

उसले भनेको छ, ‘आत्महत्याबारेको कथा परिवर्तन गर्नुहोस, आत्महत्या अपरिहार्य छैन यो रोकथाम गर्न सकिन्छ र यसलाई रोक्नै पर्छ ।’

र थाहा पाई राखौँ,

कसैलाई आत्महत्या गर्ने बारेमा सोच आउँछ वा मानसिकतामा समस्या भईरहेको छ भने यसबाट जोगिनका लागि टोल-फ्रि नम्बर ११६६ नम्बरमा सम्पर्क गरेर परामर्श लिन सकिन्छ । जसले सम्भावित जोखिमलाई रमेत रोक्न सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *