स्वास्थ्य बीमा गरी नबीकरण नगरेका बीमितलाई स्वास्थ्य बीमा बोर्डले दियो असोज मसान्तसम्मको अफर
काठमाडौँ, १२ भदौ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विगतमा स्वास्थ्य बीमा गरी नबीकरण नगरेका बीमित परिवारले असोज मसान्तसम्ममा स्वास्थ्य बीमा नवीकरण गरी सक्नु पर्ने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरी समयमै नवीकरण नगरेका बीमितहरुलाई असोज मसान्त पछि भने नबीकरण गर्दा जरिवाना गर्ने निर्णय गरेको छ । बोर्डले सूचना जारी गर्दै जरिवाना रकम योगदान रकमको चार गुणासम्म बढी हुने उल्लेख गरेको छ ।
सूचनामा विगतमा स्वास्थ्य बीमा गरेका तर नवीकरण नगरेका सम्पूर्ण बीमितले वि.सं. २०८२ असोज मसान्तसम्म (२०८२/०६/३१) नवीकरण गरेमा एकपटकका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ। बीमा नवीकरण गर्न ई–सेवा, कनेक्ट–आइपीएस, खल्ती वा दर्ता सहयोगीमार्फत सजिलै सकिनेछ,’भनिएको छ ।
तर उक्त म्यादपछि नवीकरण गर्दा भने बीमितले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। बोर्डले तोकेको विवरण यस्तो छ :
- तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकममा १० प्रतिशत थप
- छ महिनाभित्र नवीकरण गर्दा योगदान रकममा ३० प्रतिशत थप
- एक वर्षभित्र नवीकरण गर्दा योगदान रकममा ५० प्रतिशत थप
- एक वर्षपछि नवीकरण गर्दा योगदान रकममा १०० प्रतिशत थप
- दुई वर्षपछि नवीकरण गर्दा योगदान रकमको तीन गुणा
- तीन वर्षपछि नवीकरण गर्दा योगदान रकमको चार गुणा
बोर्डले बीमित परिवारलाई तोकिएको समयमा नै बीमा नवीकरण गरी स्वास्थ्य सुरक्षामा निरन्तरता दिन आग्रह गरेको छ।
सम्पर्क इमेल : [email protected]