बालरोग विशेषज्ञहरुको संस्था निपासले भन्यो ‘स्वर्णविन्दु प्राशाण थोपा खुवाउने अभियान तत्काल स्थगित गरियोस्’

काठमाडौँ, ८ भदौ । बालरोग विशेषज्ञ चिकित्सकहरुको संस्था नेपाल पेडियाट्रिक सोसाइटी (निपास)ले बालबालिकाको रोग प्रतिरोध क्षमता विकासका लागि भन्दै सरकारले सुरु गरेको स्वर्ण विन्दु प्राशाण थोपा खुवाउने अभियान तत्काल स्थगन गर्नु पर्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको अगुवाईमा देशका २५ वटा आयुर्वेदिक संस्थाहरुबाट स्वर्ण विन्दु प्राशाण थोपा खुवाउने अभियान सुरु भएको थियो । गत ५ भदौमा भेरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको धनगढी पुगेर थोपा खुवाउने कार्यक्रमको शुभारम्भ गरेका थिए ।

निपासले बालबालिकालाई खुवाईने स्वर्ण विरुन्दु थोपामा हाल सम्म उपलव्ध बैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएको हुँदा शिशुहरुमा स्वर्णकल्प बाट प्रतिरक्षा प्रणालीको बृ िहुने आधारको अभाव, हेवी मेटल (गोल्ड) सम्वन्धी जोखिम र औषधी व्यवस्था विभागमा दर्ता व्याच परीक्षण सार्वजनिक नभएको भन्दै अभियान स्थगित गर्न माग गरेको निपासका अध्यक्ष डा अरुणकुमार न्यौपानेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विभागले पहिलो चरणमा छ महिना देखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरुलाई स्वर्ण विन्दु प्राशाण थोपा खुवाउन थालेको थियो । त्यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका बनाएर स्वीकृत गरेको थियो ।

विभागले सो कार्यक्रमका लािग करीव १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । विभागले २५ वटा संस्थालाई अधिकतम ५ लाख देखि न्युनतम ३ लाख रुपैयाँका दरले बजेट उपलव्ध गराएको आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवले बताएका थिए ।

निपासले औषधी व्यवस्था विभागमा दर्ता भएको नभएको राम्ररी प्रष्ट नभएको बताएको छ । तर औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले केही विदेशी कम्पनीले भष्म दर्ता भएको र नेपालमा आयात गर्न मिल्ने अवस्था रहेको बताएका थिए ।

निपासले अभिभावहरु र चिकित्सकहरुलाई चार बुँदे सन्देश समेत जारी गरेको छ । ‘जसमा एक वर्ष मुनिका शिशुहरुलाई मह नदिनुहोस, स्वर्ण भष्म इम्युन बुष्ट दावी बारे उच्च गणस्तरीय प्रमाण नआएसम्म सावधानी अपनाउनुहोस, बाल स्वास्थ्य बलिाये बनाउन स्तनपान, खोप, उचित पोषण र समयमै उपचार नै प्रमाणित उपाय हो,’ भनेको छ । यस्तै स्वर्ण सेवन पश्चात कुनै समस्या देखिएमा बालरोग विशेषज्ञहरुसंग तुरुन्त सम्पर्क गर्नुहोस् भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *