प्रादेशिक अस्पताल सुर्खेतको निर्देशकमा डा. गणेश थापा नियुक्त

140
Shares
– डा. गणेश थापा

काठमाडौँ, ४ भदौ । प्रादेशिक अस्पताल सुर्खेतको निर्देशक पदमा डा. गणेश थापा नियुक्त भएका छन् ।

कर्णालीको सामाजिक विकास मन्त्रालयको सिफारिसमा आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले डा. थापालाई प्रादेशिक अस्पताल सुर्खेतको निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

जनरल सर्जन डा. थापा ११ औँ तहका चिकित्सक हुन् ।

यसअघि निर्देशक रहेका डा. केशरबहादुर ढकाल १२ औँ तह (अतिरिक्त सचिव) मा बढुवा भएर संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएपछि गत असारको अन्तिम साता देखि सो अस्पताल निर्देशक विहीन थियो । तर बरिष्ठताका आधारमा डा. थापाले नै निमित्तको जिम्मेवारी सम्हालेका थिए ।

‘निर्देशक नियुक्ती भएको अनौपचारिक जानकारी पाएको छु । पत्र पाइसकेको छैन,’ नेपाली हेल्थसंग उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *