डेंगी संक्रमणबाट एक जनाको मृत्यु

32
Shares

काठमाडौँ, ३० साउन । डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २४ वर्षीय युवतीको बुधबार डेंगी सङ्क्रमणबाट  भएको हो ।

अस्पतालमा उपचाररत अन्य ४ जना संक्रमितको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडिका अनुसार २४ घण्टामा थप २१ जना नयाँ संक्रमित थपिएका छन् भने एक सातामा १ सय ६८ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ ।

यो संगै गएको पुसयता देशका ७४ जिल्लामा २ हजार ९ सय ८४ जनमाा डेंगी संक्रमण पुष्टि भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *