संघीय र प्रदेश स्वास्थ्य मन्त्रालयका सहसचिवहरुको सरुवा तथा जिम्मेवारी हेरफेर
कोशीको स्वास्थ्यबाट संघीय स्वास्थ्यमा फर्किईन डा. राधिका, कोशी गए डा. यदुचन्द्र
काठमाडौँ, २८ साउन । सरकारले संघीय तथा प्रदेश तहका मन्त्रालयका सहसचिवहरुको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सरुवा तथा कामकाजमा ७२ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।
त्यस क्रममा स्वास्थ्यसंग जोडिएका प्रशासन तथा स्वास्थ्य समूहका सहसचिवहरु समेत परेका छन् ।
को कहाँ ?
सामान्य प्रशासन मन्त्रालयका अनुसार राष्ट्रिय योजना आयोगमा कार्यरत हेमराज सुवेदी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भएको छ । यस्तै निर्वाचन आयोगमा रहेकी सह सचिव निता पोखरेल अर्यालको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ । दुबै जना प्रशासन सेवाका हुन् ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन सम्हाल्दै आएका सहसचिव ऋषिराज आचार्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा भएको छ ।
यस्तै कोशी प्रदेशको स्वास्थ्य सचिव रहेकी डा राधिका थपलियाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत रहने गरि सरुवा भएको छ ।
यस्तै मन्त्रालयका एघारौँ तहका सहसचिव डा यदुचन्द्र घिमिरेलाई कोशी प्रदेशको मुख्य मन्त्री तथा मन्त्रि परिषद्को कार्यालयमा कामकाज गर्ने गरी पठाइएको छ ।
यस्तै मधेश प्रदेश मुख्य मन्त्री कार्यालयमा रहेका सहसचिव डा श्रवणकुमार मिश्रको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ । तर उनीमाथि अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेकोले निलम्बनमा छन् ।
सम्पर्क इमेल : [email protected]