सरकारको स्वीकृति र राजपत्रमा सूचना बिना विभागले औषधीको मूल्य समायोजन गर्न नपाउने

120
Shares

काठमाडौँ, २५ साउन ।  उच्च अदालत पाटनले सरकारको स्वीकृति नलिई र राजपत्रमा त्यस सम्वन्धी सूचना प्रकाशित नगरी कुनै पनि औषधीको मूल्य समायोजनको नाममा घटबड् नगर्न औषधी व्यवस्था विभागको नाममा आदेश जारी गरेको छ ।

मूल्य समायोजनको नाममा विभागले गरेको पछिल्लो एक निर्णयविरु औषधी उत्पादक संघका तर्फबाट १३ फागुन २०८१ मा दर्ता रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्धय चन्द्रमणि ज्ञवाली र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलाशले २७ चैत २०८१ मा यस्तो फैसला गरेको हो । यद्धपी निर्णयको पूर्ण पाठ भने भर्खरै आएको छ ।

विभागले ८ साउन २०८१ मा इम्फाग्लिफोइजिन २५, १० र ५ एमजीका औषधीको मूल्य क्रमश १२, २०, ३० रुपैयाँ कायम हुने गरी संसोधन गरेपछि औषधी उत्पादक संघको तर्फबाट रिट दायर भएको फैसलामा उल्लेख छ ।

हेर्नुहोस फैसला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *