प्रसूतिगृहमा भोली स्वस्थ शिशु प्रतिस्पर्धा हुँदै

काठमाडौँ, १३ साउन । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आयोजनामा बुधबार (भोली) स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना हुँदैछ ।

यो अस्पतालले गर्दै आएको स्वस्थ शिशु प्रतिस्पर्धाको ६१ औँ संस्करण हो ।

यद्धपी विजेताको पुरस्कार भने ३१ साउनका दिन मनाईने अस्पतालको बार्षिकोत्सव समारोहमा वितरण गरिने छ ।

यस प्रतिस्पर्धामा भाग लिन नाम दर्ता गराउन भन्दै अस्पतालले गत १० असार देखि ८ साउनसम्मको अवधी तोकेको थियो । सो अवधीमा १०२ जना अभिभावकले नाम दर्ता गराएको स्वस्थ शिशु प्रतिस्पर्धा समिति संयोजक डा कल्पना सुवेदीले बताईन् ।

उनले कम्तिमा १०० जना शिशुहरुको प्रतिस्पर्धामा सहभागीता हुने अनुमान रहेको समेत बताईन ।

कसरी हुन्छ प्रतिस्पर्धा ?

भोली हुने प्रतिस्र्धामा अस्पतालले जन्मे देखि एक वर्षसम्मका शिशुहरुबीच प्रतिस्पर्धा गराउँछ । तर प्रतिस्पर्धामा सहभागी हुने शिशुहरु सोही अस्पतालमा जन्मेको हुनुपर्नेछ ।

अनि प्रतिस्पर्धामा जन्मेदेखिक ४५ दिनसम्मका शिशुलाई ग्रुप ए, ४६ दिन देखि ६ महिनासम्मको शिशुलाई ग्रुप बी र ६ महिना देखि १ वर्षसम्मको शिशुलाई ग्रुप सीमा विभाजन गरि प्रतिस्पर्धा गराईने छ ।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले शिशुहरुको पोषण, शारीरिक तथा मानसिक विकास क्रम लगायतका स्वस्थ मानिने इन्डिकेटरहरुको जाँच गरिने बताए ।

‘आम अभिभावकलाई शिशुहरु विकास क्रम कस्तो हुनु पर्छ ? कुन उमेरमा कति तौल हुनुपर्छ ? शारीरिक साथै मानसिक विकास कस्तो हुनुपर्छ ? भनेर बुझाउन पनि यो कार्यक्रमको आयोजना गरिएको हो,’उनले भने ।

संयोजक डा सुवेदीले पनि प्रतिस्पर्धामा शिशुहरुको जाँचसंगै सरसफाई, एक्सक्लुसिभ ब्रेस्ट फिडिङ लगायतका विषयमा आमाले गर्ने व्यवहारको समेत मूल्यांकन हुने बताईन् ।

‘शिशु स्याहार त आमाले नै गर्नुपर्छ । त्यसैले उहाँसंग ज्ञान केकस्तो छ ? सरसफाइ, परिवार नियोजन, एएनसी चेकअप बारे के कस्तो ज्ञान छ भन्ने बारेमा समेत मूल्यांकनमा हेरिने छ,’ उनले भनिन् ।

तीन समूहमा प्रतिस्पर्धा गरिने शिशुलाई हरेक समूहबाट पहिलो, दोस्रो, तेस्रो र सान्त्वना गरी चार जनाका दरले कुल १२ जनालाई पुरस्कृत गरिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *