एम्बुलेन्समा अस्पताल लगिदै गरेको बिरामी महिलामाथि सामुहिक बलात्कार !
भारत । बिहारमा एक लज्जास्पद घटना बाहिर आएको छ । बेहोस भएर उपचारका लागि अस्पताल पठाइएकी एक महिलामाथि एम्बुलेन्स चालक र त्यसमा सवार टेक्निसियनले बलात्कार गरेका छन् । घटना गत बिहीबारको हो ।
बिहार होम गार्डमा भर्ती हुनका लागि भन्दै दौडमा सहभागी एक महिला अचानक बेहोस भएकी थिईन । यस पछि स्थानीयले तत्कालै एम्बुलेन्स खोजेर अस्पताल पठाएका थिए । तर बाटोमा एम्बुलेन्स चालक र टेक्नीसियनको रुपमा गएका एक व्यक्तिले ती महिला माथि सामुहिक रुपमा बलात्कार गरेका हुन् ।
घटना सार्वजनिक हुनासाथ प्रहरीले एम्बुलेन्स चालक र टेक्निसियनलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार बोधगया क्षेत्रको बीएमपी ३ परेड ग्राउण्डमा त्यस दिन होमगार्ड भर्ती चलेको थियो । यसमा सहभागी हुन ती महिला पनि पुगेकी थिईन । त्यहाँ पुगेर अन्य प्रतिस्पर्धी जस्तै दौडमा सहभागी भएकी थिईन तर अचानक उनी बेहोस भएर लडिन । आयोजकले हतार हतारमा अस्पताल पठाएका थिए ।
प्रहरीले घटनाको जानकारी पाएको दुई घण्टा भित्र एम्बुलेन्स चालक विनयकुमार र टेक्नीसियन अजितकुमारलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यसअघि पीडित महिलाले अस्पताल लैजाने क्रममा आफूमाथि बलात्कार भएको बताएकी थिईन ।
घटना पछि थप अनुसन्धानका लागि बोधगया एसडीपीओ सौरभ जयसवालको नेतृत्वमा एक स्पेशल टीम गठन गरिएको बताइएको छ । विहारका एसएसपी आनन्दकुमारले भने, ‘अनुसन्धान पछि छिटो भन्दा छिटो आरोपपत्र दायर गरिनेछ ।’
सम्पर्क इमेल : [email protected]