अनामनगरमा भएको शिविरमा १६१ जनाले गरे रक्तदान
काठमाडौँ, ३ असार । नेपवालमा बिरामीको लागि आवश्यक पर्ने रगतको सहज आपूर्ति अझै हुन सकेको छैन । काठमार्डौं तथा देशका विभिन्न ठाउँमा रहेका ब्लड बैंकमा चाहिएको बेला चाहिएको परिमाणमा अझै पनि रगत उपलव्ध हुन सकेको छैन ।
यस्ता समस्या तथा अभावलाई न्युनिकरण गर्न शनिबार अनाम नगरमा बृहत निशुल्क रक्तदान शिविरको आयोजना गरिएको छ ।
त्रिवेणी युवा क्लब र हाम्रो टिम नेपालको संयुक्त आयोजनामा भएको उक्त शिविरमा १६१ जनाले रक्तदान गरेका छन् ।
१८ वर्ष देखि ६५ वर्षसम्म उमेर र ४५ केजी भन्दा माथि तौल भएका स्वास्थ्य व्यक्तिले रक्तदान गर्न सकिन्छ ।
एक पटक रक्तदान गरिसकेपछि अर्को पटक गर्नका लागि तीन महिना पर्खिनु पर्ने चिकित्सकहरुले बताउँछन् ।
सम्पर्क इमेल : [email protected]