विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बालबालिका बिरामी

काठमाडौँ, २५ असार । जाजरकोटमा विषालु च्याउ खाएर एकै परिवारका तीन जना बालबालिका बिरामी परेका छन् ।

नलगाड नगरपालिका ४ पिपलचौरस्थित मागबहादुर सिंहका तीन जना छोराछोरी विषालु च्याउ खाएर बिरामी परेका हुन् ।

सालघारी जङ्गलबाट टिपेर ल्याएका विषालु च्याउ खाएर नलगाड नगरपालिका ४ पिपलचौरका मगबहादुर सिंहकी १२ वर्षीया कौशिला सिंह, ६ वर्षीया छोरा झलक सिंह र ३ वर्षीया छोरी दिपा सिंंह बिरामी परेका छन्।

उनीहरुको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *