एक सातामा ३५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौँ, २० असार । नेपालमा एक सातामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार एक सातामा चार प्रदेशमा ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
महाशाखाको रिपोर्टअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २६ जना, कोशी प्रदेशमा ४ जना, मधेस प्रदेशमा ३जना र गण्डकी प्रदेशमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै, एक सातामा एक जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।
देशभर हालसम्म २ सय ४९ जना कोरोना सङ्क्रमित रहेको महाशाखाले जनाएको छ ।
पछिल्लो समय भारतमा चार नयाँ भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ फेला परेसंगै नेपालमा पनि कोरोना संक्रमतिको संख्या बढन थालेको छ ।
यो संगै नेपालमा भारतसँग सीमा जोडिएका नाकाहरुमा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षणको व्यवस्था गरिदै आएको छ ।
सम्पर्क इमेल : [email protected]