चिकित्सा शिक्षा आयोगको रिक्त निर्देशक पदमा प्राडा स्वयंप्रकाश पण्डित नियुक्त

काठमाडौँ, १६ असार । चिकित्सा शिक्षा आयोगको रिक्त निर्देशक पदमा प्राडा स्वयंप्रकाश पण्डित नियुक्त भएका छन् । उनी आयोगको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज (एनबीएमएस) को निर्देशक बनेका हुन् ।

यसअघि एनबीएमएसमा निर्देशक प्राडा गुरु खनालले २० माघ २०८१ देखि लागू हुने गरी १८ माघ २०८१ मा राजिनामा दिएका थिए । त्यसपछि एनबीएमएस रिक्त थियो । सो पदमा अघिल्लो महिना देखि नियुक्ती प्रक्रिया सुरु गरिएको थियो ।

‘रिक्त पदमा आवेदन मागिएको थियो । मैले दिएँ । खुल्ला प्रतिस्पर्धाबाट छनौट भएँ । हिजोबाट जिम्मेवारी सम्हाल्न थालेको हुँ,’ प्राडा पण्डितले भने ।

रेडियोलोजिका प्राध्यापक प्राडा पण्डित सरकारी सेवाबाट छ वर्ष अघि नै अनिवार्य अवकाश पाएका थिए ।

उनी अवकाश हुनु अघि वीर अस्पतालमा निर्देशक थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *