‘टेकु अस्पताल’मा कोभिड-१९ विरुद्धको नि:शुल्क खोप निरन्तर

काठमाडौँ, १५ असार । धेरैलाई थाहा नहुन पनि सक्छ, टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड- १९ बिरुद्धको खोप अहिले निशुल्क रुपमा पनि निरन्तर उपलव्ध छ ।

छिमेकी मुलुक भारतमा कोभिड – १९ को संक्रमण बढी रहँदा र नेपालमा समेत यसको प्रभाव देखिन थालेको छ ।

गत साता बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा एक महिलाको कोभिड-१९ कै कारण मृत्यु भयो भने यसै साता टेकु अस्पतालमा दुई जना संक्रमित केही दिन भर्ना भएर उपचार गरि डिस्चार्ज भएका छन् ।

संक्रमण र अस्पताल भर्ना समेत हुने क्रम देखिन थालेपछि अहिले टेकुस्थित शहीद शुक्रराज अस्पतालमा कोभिड बिरुद्धको खोप लगाउनेको संख्या फेरी बढ्न थालेको छ । अस्पतालका निर्देशक डा युवानिधी बसौला गत मासिक ५० ६० जनाले लिने गरेकोमा गत महिना जेठमा २६३ जनाले खोप लिएका बताउँछन् । ‘यो महिना पनि खोप लगाउनेको संख्या बढेको बताए । महिनाको अन्तिममा कतिले खोप लिए भन्ने विवरण आउँछ तर अहिलेसम्मको ट्रेन्ड हेर्दा खोप लगाउनेको संख्या बढी देखिन्छ,’ उनले भने ।

टेकु अस्पतालले कोभिडबिरुद्धको फाइजर खोप निरन्तर चलाइरहेको बताएको छ ।

निर्देशक डा. बसौलाले खोप लिनेहरुमा धेरै जसो बुस्टर डोजका र केही नयाँ डोजका लागि लगाउन आउने गरेको बताए ।

उनले रोग प्रतिरोधी क्षमता कम भएका बृद्ध तथा दीर्घ रोगीहरुलाई कोभिड १९ को संक्रमणले बढी असर गर्न सक्ने भन्दै सचेत रहन र आवश्यक ठानेमा खोप लिन समेत आग्रह गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *