पतञ्जलती जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपालको बयान सकियो, आजै थुनछेक बहस हुने
काठमाडौँ, ११ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलती योग पीठको जग्गा प्रकरणमा अध्यक्ष नेपालाई पनि प्रतिवादी बनाएको छ ।
उक्त भ्रष्टाचार मुद्दामा अध्यक्ष नेपाल आज आफैं विशेष अदालतमा उपस्थित भएका थिए । अहिले उनको बयान सकिएको छ ।
न्यायाधीशत्रय तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा अध्यक्ष नेपालको बयान भएको हो । नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी, खम्मबहादुर खातीलगायतले वकालतनामा हालेका छन् ।
काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेचमा भूमिका निर्वाह गरेको भन्दै आयोगले नेपाल सहित ९३ जना बिरुद्ध मुद्धा दायर गरेको थियो ।
सम्पर्क इमेल : [email protected]