देशका ७३ जिल्लामा १५ सयमा डेंगी संक्रमण पुष्टि, सबै भन्दा बढी बागमतीमा

काठमाडौँ, १० असार । देशका ७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका अनुसार पुस यता ७३ जिल्लाबाट एक हजार ५ सय २ जनामा डेंगी सङ्क्रमण  पुष्टि भएको हो ।

डेंगी सङ्क्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगी सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्क अनुसार बागमतीमा प्रदेशमा ३ सय ८०, कोशी प्रदेशमा तीन सय, गण्डकी प्रदेशमा ३ सय ३ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, लुम्बिनी प्रदेशमा २ सय ४७, सुदूरपश्चिम प्रदेशमा २ सय १८, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा २२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।

डेंगीका लक्षणहरु :

डेंगी ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५र७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् :

  • असाध्यै टाउको दुख्ने ।
  • आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
  • ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
  • शरीरमा विमिरा आउने ।
  • वाक्वाकी लाग्ने वान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने
  • रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने बेहोश हुने आदि जटिल लक्षणहरु पनि देखा पर्न सक्छ ।

रोकथामका उपायहरू :

पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला फुलदानी खाली बट्टा अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लास्टिकको बोतल तथा भाडा, आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।

  • पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
  • फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्नुपर्छ ।
  • दिउँसो बाहिर टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ।
  • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छस साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ ।
  • घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
  • घर वरिपरि सफा सुग्घर राख्ने पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *