कक्षा ६ मा पढ्ने सबै बालिकालाई पाठेघरको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप दिइने

काठमाडौँ, ९ असार । सरकारले कक्षा ६ मा अध्ययनरत सबै बालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप दिने भएको छ ।

सोमबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कक्षा ६ मा अध्ययन गर्ने सबै बालिकालाई एचपीभी खोप दिइने बताएका हुन ।

यस्तै मानसिक स्वास्थ्य कार्यक्रम, विद्यालय स्वास्थ्य कार्यक्रम, सङ्क्रामक रोग तथा महामारी व्यवस्थापन, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रजनन सम्बन्धी कार्यक्रम सबै स्थानीय तहमा लागू बजेट विनियोजन गरिएको मन्त्री पौडेलले सुनाए ।

यसअघि सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गत पुस २९ गते देखि ६ फागुनसम्म कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोपअभियान सुरु गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *