नेपाल औषधी आयातकर्ता संघको अध्यक्ष पदमा पवन आचार्य निर्वाचित, कार्य समितिमा अरू काे – काे ?

काठमाडौँ, ७ असार । नेपाल औषधी आयातकर्ता संघ (मियान)को अध्यक्ष पदमा पवन आचार्य निर्वाचित भएका छन् ।

शनिबार राजधानीमा सम्पन्न संघको आठौँ बार्षिक साधारण सभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो ।

यसअघि आचार्य संघको महासचिव पदमा कार्यरत थिए ।

पवन आचार्य

यस्तै अधिवेशनबाट संघको दुई जना उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित भएका छन् । यस्तै महासचिव पदमा मधु पौडेल, सचिव पदमा सुरेश पटवारी  र कोषाध्यक्ष पदमा सन्दीप खनाल निर्वाचित भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा मुकुन्द राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह निर्वाचित भएका छन्, यसैगरी डा. आनन्दा राजभण्डारी, सुरज टिवटिवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रूङ्टा र डा अब्बुल हुसेन अन्सारी  निर्वाचित भएका छन् । थप एक जना सदस्य भने अध्यक्षले मनोनित गर्नेछन् ।

नयाँ कार्यसमितिको पदावधी दुई वर्षको हुनेछ ।

यसअघि संघको नेतृत्व अञ्जन पुडासैनीले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *