नेपाल औषधी आयातकर्ता संघको आठौँ बार्षिक साधारण सभा भोली

सभासंगै हुने अधिवेशनले यसपटक नयाँ नेतृत्व समेत चयन गर्दै

काठमाडौँ, ६ असार । नेपाल औषधी आयातकर्ता संघ (मियान)को आठौँ बार्षिक साधारण भोली राजधानीमा सुरु हुँदैछ । साधारणसभा संगै हुने अधिवेशनले यसपटक नयाँ कार्य समिति समेत चयन गर्नेछ ।

कुपण्डोलस्थित हिमालयन होटलमा दिउसो सुरु हुने साधारणसभाको उद्घाटन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गर्ने कार्यक्रम छ ।

संघका महासचिव पवन आचार्यका अनुसार नेपालमा कुल औषधीको कारोबार बार्षिक रुपमा ८० अर्व बढीको छ । त्यसमा ५५ देखि ६० प्रतिशत बढी आयातकर्ताहरुले गर्ने कारोबार हो । भारत बंगालदेशसंगै युरोपेली मुलुकहरुबाट आयात हुने औषधीमा धेरै जीवनरक्षक औषधीहरु समेत पर्ने गरेको उनले बताए ।

औषधी आयातमा पर्ने समस्या अफ्टयाराहरुलाई सामुहिक बलबाट निराकरण गर्ने उदेश्यका साथ ८ वर्ष अघि स्थापित यो संस्थामा अहिलेसम्म अञ्जन पुडासैनीले नेतृत्व गर्दै आएका थिए ।

‘आयातकर्ताहरुको समस्या दिनानुदिन बढी रहेको छ । भावी रणनीति के कस्तो बनाउने ? औषधीको सहज आयात तथा आपूर्तिका लागि के कस्ता कदम चाल्ने विषयमा समेत सभाले ठोस निर्णय गर्नेछ । संगसंगै नयाँ कार्यसमिति समेत चयन गर्नेछ,’ महासचिव आचार्यले भने ।

नेपालमा १३० वढी औषधी आयातगर्ने संस्था रहेका छन् । त्यसमध्ये ९० प्रतिशतबढी मियानमा आवद्ध भएको आचार्यले बताए । उनले शनिबार हुने साधारणसभा तथा अधिवेशनको सबै तयारी पुरा भएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *