न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

8
Shares

काठमाडौं, ३ असार । न्यूरो केयर फाउन्डेशन नेपालको आयोजनामा राजधानीमा एक दिने निशुल्क न्यूरो स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको संयोजनमा हुन लागेको शिविर यही असार ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो १ गोकर्णेश्वर नगर अस्पतालमा संचालन हुनेछ ।

शिविरमा वरिष्ठ न्यूरो सर्जन डाक्टर गोपालरमण शर्माबाट पनि बिरामीहरूको चेक जाँच गरिने वीर अस्पतालमा कार्यरत चीफ कन्सलट्यान्ट न्यूरो सर्जन डाक्टर विनोद राज भण्डारीले जानकारी दिए ।

न्यूरो तथा स्पाइन जाँच सहित हुने शिविरमा काठमाडौं न्यूरो बागबजारको प्राविधिक सहयोग रहनेछ ।

डाक्टर राजभण्डारीका अनुसार ब्रेन ट्यूमर, मस्तिष्कघात, टाउको तथा ढाड दुखाई लगायतका समस्याबाट पीडितहरूले पनि शिविरबाट निुशल्क सेवा लिन सक्नेछन् ।

शिविरमा डाक्टर शर्मा र राजभण्डारी सहित, डाक्टर अनिशमान सिंह र डाक्टर प्रसन्न कार्की पनि संलग्न हुने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *