भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

काठमाडौँ, २९ जेठ । भारतको अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार दिउँसो लण्डनका लागि उडान भरेको एअर इण्डियाको बोइङ ७८७-८ ड्रिमलाइन विमान दुर्घटनामा परेको हो ।

विमानमा करिब  चालक दलसहित २४२ यात्रु सवार रहेको जनाइएको छ ।

दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *