बहुमूल्य जडीबुटी :

पाल्पाको रिमिघा लेकमा भेटिएको जडीबुटी यार्सागुम्बा पुष्टि

काठमाडौँ, २६ जेठ । पाल्पाको रिमिघा लेक जंगल क्षेत्रमा केही दिन अघि भेटिएको जडीबुटी यार्सागुम्बा पुष्टि भएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्रमा पर्ने लेकको जंगल क्षेत्रमा ती जडीबुटी थियो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार पुष्टि गरेको हो ।

केही दिन अघि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रिमिघा लेकमा झाडी सरसफाइ गरेर सामुदायिक वन क्षेत्रमा सुन्तलाका बिरुवा लगाउने तयारी गर्दा खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने प्रजाति भेटिएको थियो । त्यसपछि परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँ ल्याइएको थियो ।

प्रयोगशालाको रिपोर्ट आएपछि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत पोष्टराज न्यौपाने, डिभिजन वन प्रमुख नारायणदेव भट्टराईसमेतको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक बसेर जडीबुटी यार्चा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ ।

वन प्रमुख भट्टराईले भने, अहिलेलाई काम व्यवस्थित गर्ने समयसम्म हुलहज्जत हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिनेछ,’ उनले भने, ‘पछि खुला गरेर कानुनतः विधि पद्धति बसालेर संकलन, बिक्री वितरण गरी रोयल्टी संकलन गरी स्थानीयको आम्दानी बढाइनेछ ।’

रिमिघिा लेक १ हजार ८ सय मिटरको उचाइमा रहेको छ । पाल्पामा यस्तै उचाई भएका पूर्वखोला गाउँपालिकामा हात्तीलेक, माथागढीमा कौडीलेक पनि रहेको छ ।

जिल्ला समन्वय प्रमुख खनालले ती लेकहरुमा पनि स्थानीय पालिकाको समन्वयमा अनुसन्धान अघि बढाईने बताएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *