कमल राष्ट्रिय सुकर्म पुरस्कार-२०८१ सम्पादक मोहन दुवाललाई

काठमाडौँ, २४ जेठ । राजनीतिज्ञ एवं साहित्यकार स्व कमलराज रेग्मीको स्मृतिमा स्थापित कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८१ बाट जनमत मासिकका प्रधान सम्पादक एवं साहित्यिक पत्रकार मोहन दुवाल पुरस्कृत भएका छन् ।

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रदान गर्ने यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ र प्रमाण पत्र रहेको छ ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष समेत रहेका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले दुवाललाई सो पुरस्कार प्रदान गरेका हुन् ।

मोफसल(काभ्रेको बनेपा)मा विगत ४१ वर्ष देखि निरन्तर साहित्यिक मासिक पत्रिका प्रकाशन गर्दै आएका दुवाल पत्रकारिता, साहित्य, सामाजिक क्षेत्रमा सुपरिचित व्यक्ति हुन् ।

प्रतिष्ठानले उनको बहुआयामिक व्यक्तित्व र समाजमा उनले पुरयाएको योगदानको उच्च मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गरेको जनाएको छ ।

स्वर्गीय रेग्मीको स्मृतिमा स्थापित यो सुकर्म पुरस्कार उनका छोरा बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले स्थापना गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि बनेका तत्कालीन मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपाली राजनीति र साहित्यको क्षेत्रमा स्वं रेग्मीको योगदानको चर्चा गर्दै बुबाको स्मृतिमा पुरस्कार दिने परम्परा थालेकोमा डा प्रकाशराज रेग्मीले प्रशंसनीय कार्य गरेको बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले साहित्य कला, सस्कृति जोगाउने काममा अघि बढेको भन्दै प्रतिष्ठान र पुरस्कार संस्थापक डा रेग्मीको कदमको सराहाना गरे ।

सो अवसरमा रेग्मीले आफ्नो बाबाको रुचीलाई जीवन्त बनाउने प्रयास स्वरुप यो पुरस्कारको स्थापना गरेको भन्दै सामाजिक सेवामा निस्वार्थ रुपमा अघि बढेका व्यक्तित्वहरुलाई यो पुरस्कार प्रदान गर्दै आईरहेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पुस्कर रेग्मी अथक, पुरस्कृत व्यक्तित्व दुवाल, पाल्पाका शिक्षाविद एवं समाजसेवी बुद्धिप्रसाद शर्मा, साहित्यकार रामप्रसाद ज्ञवाली लगायतले बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *