प्रधानमन्त्री ओलीले गरे दुई अर्व लगानीमा बनेको जीवन विकास सामुदायिक अस्पतालको उदघाटन

मोरङ, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका- २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको आज उद्घाटन गरेका छन् ।

जीवन विकास समाजको अगुवाइमा मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्माण भएको जीवन विकास सामुदायिक अस्पताल उद्घाटन गरेका हुन् ।

नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ सेवाको पहुँच पुर्याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको बताइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए । मण्डलले सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिए ।

अस्पताल उद्घाटन समारोहमा मोरङ सुनसरीका १० हजार भन्दा बढी सहभागी छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *