भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै
काठमाडौँ, २२ जेठ । भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
पछिल्लो रिपोर्टअनुसार मङ्गलबार मात्र ३ सय नयाँ संक्रमति भेटिएका छन् । तीमध्ये सबैभन्दा धेरै गुजरातमा १०८ र महाराष्ट्रमा ८६ केस भेटिएका छन् ।
यससँगै भारतभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय २ पुगेको छ । हालसम्म भारतका २७ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा कोरोना फैलिसकेको छ।
सबैभन्दा बढी १ हजार ३ सय ७३ सक्रिय केस केरला राज्यमा भेटिएका छन्। त्यसपछि ५ सय १० सक्रिय केससहित महाराष्ट्र दोस्रो स्थानमा रहेको छ
जनवरीदेखि देखा परेको कोरोना भाइरसका नयाँ भेरियन्टहरूले हालसम्म देशभर ४४ जनाको ज्यान लिइसकेको छ । तीमध्ये ३७ जनाको मृत्यु पछिल्ला ५ दिनमा मात्र भएको हो ।
मङ्गलबार मात्रै महाराष्ट्रमा ४ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । जससँगै यस राज्यमा मृत्यु सङ्ख्या १४ पुगेको छ। दिल्ली, गुजरात र तमिलनाडुमा पनि एक–एक जनाको मृत्यु भइसकेको छ ।
सम्पर्क इमेल : [email protected]