राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको नेतृत्व छनौट निर्वाचन : अध्यक्षमा पाँच जना, महासचिवमा दुई जनाको उम्मेद्धारी

काठमाडौँ, १९ जेठ । नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको शनिबार देखि जारी पाँचौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व छनौटका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ ।

आज हुने निर्वाचन प्रक्रियाका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेद्धारी परेको छ ।

अध्यक्ष पदमा निवर्तमान अध्यक्ष डा झलक गौतम, उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली, भिमराज सिंह र अनुशासन आयोगका निवर्तमान अध्यक्ष रहेका त्रिलोक चन्द्र गुरुङको उम्मेद्धारी परेको छ ।


यस्तै एक महिलासहित दुई उपाध्यक्ष पदमा निवर्तमान महासचिव डा सन्तोष पौडेल, पुष्पराज खनाल, रुपा केसी, शारदा खनाल, अन्जु बस्नेतले उम्मेद्धारी दिएका छन् ।

महासचिव पदमा निवर्तमान उपमहासचिव अमृता बराल र निवर्तमान निर्वाचन आयोग अध्यक्ष रहेका मदन ओलीको उम्मेद्धारी परेको छ । यसैगरी उपमहासचिव पदमा अनुप केसी र खगराज पोखरेलको उम्मेद्धारी परेको छ ।

यसैगरी सचिव पदमा डा प्रशान्त आचार्य, चन्द्र सुनार, प्रकाश सेवा, डा धर्मेन्द्र यादव, सिद्ध ढुंगाना, सुशील शाही, कुरान अलि ठकुराइ, हरिलाल आचार्य, राजकुमार पौडेल गरी ९ जनाको उम्मेद्धारी परेको छ ।

निर्वाचन कार्यक्रम आज विहान ११ बजे देखि एमाले पार्टी कार्यालय च्यासलमा हुने भएको छ । मतदानमा जानु अघि कतिपयले नाफ फिर्ता लिने सम्भावना रहेको समेत बुझिएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *