नेपाल डेन्टल एसोसिएसनको अध्यक्ष पदमा डा. अजय शाह निर्वाचित

कार्यसमितिमा को - को आए ?
काठमाडौँ, १८ जेठ । नेपाल डेन्टल एसोसिएसनको शनिबार सम्पन्न १६ औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनबाट अध्यक्ष पदमा डा अजय शाह निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा. अच्युत भट्टलाई पराजित गरेका हुन् ।

यस्तै उपाध्यक्ष पदमा डा दिलिप प्रजापति र महासचिव पदमा डा प्रदीप भण्डारी निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा डा लोकेश बर्मा र सहसचिवमा डा दीपक शर्मा निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा भुमेश काफ्ले, डा सिरिशचन्द्र रेग्मी, डा ईशु घिमिरे र डा सञ्जय रञ्जीत निर्वाचित भएका छन् ।

नयाँ कार्यकारिणी समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *