‘रौतहट काण्ड’मा सफाइ पाएका कांग्रेस नेता मोहम्मद आफताब आलमलाई मस्तिष्क घात

काठमाडौँ, १६ जेठ । रौतहट इटाभट्टा काण्डमा झण्डै ६ बर्ष जेल जिवन बिताएर गत बुधबार मात्रै रिहा भएका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्क घात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा आईसीयूमा भर्ना गरि उपचार सुरु भएको छ ।

अस्पताल स्रोतका अनुसार आज विहान घरमै उनलाई मस्तिष्क घात भएको थियो । बोली लरबरिएको थियो दाहिने हरले भर पाउन छाडेको थियो ।

परिवारले लक्षण देखिएको साढे ३ घण्टा भित्रमा अस्पताल पुराएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई एक्युट स्ट्रोक भएको हो । समयमै औषधी चलाउँदा सुधार आएको पनि ती चिकित्सकले बताए ।

अहिले अस्पतालमा उनका परिवारका सदस्य तथा आफन्तहरु रहेका छन् ।

पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको बम विस्फोट गरी घाइतेलाई जिउँदै इँटाभट्टामा हालेको आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले गत बुधबार सफाइ दिएको थियो । त्यसपछि उनी बुधबार नै जेलमुक्त भएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *