अघिल्लो वर्ष भन्दा साढे ७ लाख बिरामी कम

काठमाडौँ, १५ जेठ । त्यसो त औषधी व्यवसायीहरुले अघिल्ला वर्षको तुलनामा कम औषधी खपत भएको अनुभव सुनाउने गरेका थिए । आफ्नो कारोवारमा आएको कमीलाई आधार बनाएर उनीहरुले नेपालमा बिरामी कम हुन थाले समेत भन्ने गरेका थिए ।

तर, बुधबार अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले उनीहरुको भनाईलाई बल पुग्ने तथ्यांक देखाईदिएको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८१ /०८२ को फागनुसम्म सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरंग बहिरंग र आकस्मिक सेवा समेत गरी कुल ४ करोड ५२ लाख ४२ हजार पटक सेवा प्रवाह भएको उल्लेख छ । जवकी गत आर्थिक वर्षको सोही अवधीमा यस्तो सेवा प्रवाह ४ करोड ६० लाख पटक भएको थियो ।

सर्भेक्षणका अनुसार आर्थिक वर्ष २०८०/ ८१ मा सरकारी र निजी स्वास्थ्य संस्थाबाट अन्तरंग बहिरंग र आकस्मिक सेवा गरी ६ करोड ८० लाख ७३ हजार पटक सेवा प्रभाव भएको थियो ।

तर, त्यस भन्दा अघिल्लो आर्थिक वर्षमा ५ करोड ८४ लाख १५ हजार पटक सेवा प्रवाह भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *