नेपाल फार्मेसी संघको तेस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा आए भुसाल, महासचिवमा पन्त
काठमाडौँ, १० जेठ । नेपाल फार्मेसी संघको अध्यक्ष पदमा युवराज भुसाल निर्वाचित भएका छन् । उनी यसअघि संघको महासचिव थिए ।
काठमाडौँमा आज सम्पन्न संघको तेस्रो राष्ट्रिय महाधिवेशनले भुसालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
प्रमुख निर्वाचन आयुक्त अमृत खनालका अनुसार संघको उपाध्यक्षमा टेकबहादुर विक, मिना भट्ट र महेश्वर पोखरेल शिव निर्वाचित भएका छन् । यस्तै महासचिव पदमा सुवर्णराज पन्त निर्वाचित भएका छन् ।
७ वटा सचिव पदमा कविन मलेकु, सुन्दर आचार्य, रामप्रसाद कोइराला, विनोद पन्त, ध्रुवकुमार शर्मा, नवीन धामी, कृष्णमुरारी शुक्ला रहेका छन् ।
यसैगरी कोषाध्यक्ष पदमा यदुप्रसाद पन्त र सह कोषाध्यक्षमा विष्णु कंडेल निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्य पदमा ओमकार अर्याल, गोविन्द तिवारी, सुशील सिग्देल, दिनेश जोशी, विजय फुल्लेल, विकास केसी, अर्जुन कार्की र शिवकुमार मिश्र रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्न नेपाल फार्मेसी परिषद्का पूर्व अध्यक्ष बाबुराम हुँमागाई, विवेकसिंह महत लगायत पुगेका थिए ।
उनीहरुले फार्मेसी क्षेत्रमा संघले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
सम्पर्क इमेल : [email protected]