डब्लुएचओको महासभामा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : चार बुँदामार्फत विश्व समुदायको ध्यानाकर्षण

काठमाडौँ, ७ जेठ । नेपालले आम नागरिकको स्वास्थ्य पहुँचका क्षेत्रमा गरिरहेका प्रयास र चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी विश्व स्वास्थ्य संगठनको ७८ औं महासभामा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले चार बुँदामा विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री पौडेलका अनुसार पहिलो नम्बर बुँदामा नेपालले आम नागरिकको स्वास्थ्य पहुँचका क्षेत्रमा गरिरहेका प्रयासहरु र चुनौती विषय उल्लेख छ । यस्तै मातृशिशु मृत्युदर नियन्त्रण, पोलियो उन्मुलन तथा क्यान्सरविरुद्ध सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका दिशातर्फ नेपालले प्राप्त गरेको सफलताका बारेमा पनि मन्त्री पौडेलले विश्व समुदायलाई जानकारी गराएका छन् ।

यस्तै देशले भोगीरहेको नयाँ स्वास्थ्य चुनौतीहरु स् बढ्दो वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाईसराई तथा नसर्ने र मानसिक रोगसँग जुध्दै स्वास्थ्य सेवा पहुँच विस्तार गर्न नेपालले गरिरहेको प्रयासमा विश्व्यापी सहकार्यको आवश्यकताका विषयमा पनि उनले सम्वोधन मार्फत विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।

यसैगरी उनले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेका प्रभावबारे हालै सगरमाथा सम्वादमार्फत विश्वको ध्यान आकर्षण गराएको भन्दै यसले विभिन्न महामारीहरुबाट नवीन समाधानको खोजी गरिरहेको बताए । उनले विश्व स्वास्थ्य संगठनको भूमिका पहिलेभन्दा अझ महत्वपूर्ण भूमिका रहेको समेत उल्लेख गरे ।

यसअघि सुर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पुरस्कृत गरेको थियो । महासभामा सहभागी हुन पुगेका स्वास्थ्य मन्त्री पौडेललाई डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधोनाम गेब्रेयससले सम्मानपत्र प्रदान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *