सडक सुरक्षाको विषयमा विश्व स्वास्थ्य संगठन र स्वास्थ्य पत्रकार मञ्चका सदस्यबीच छलफल

काठमाडौँ, ३ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले स्वास्थ्य पत्रकार मञ्च नेपालसँग सडक सुरक्षाबारे अन्तरक्रिया गरेको छ।

संयुक्त राष्ट्रसङ्घ आठौँ विश्व सडक सुरक्षा सप्ताहको अवसरमा शुक्रबार नेपालस्थित डब्लुएचओ कार्यालयले मञ्च र नेपालको ट्राफिक सुरक्षा परिषद्का सदस्यहरूलाई बोलाई दुर्घटना न्युनिकरणका उपाय र भूमिकाका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा सञ्चार माध्यमको जिम्मेवारी र भूमिका, जनचेतनाको सुधार र तथ्य र प्रमाणमा आधारित कानुन कार्यन्वयनका लागि दवाव तथा सडक सुरक्षाको संस्कृतिलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ।

कार्यक्रममा नेपाल सडक सुरक्षा परिषद् र डब्लुएचओ नेपालका प्रतिनिधी सहित बिभिन्न संचार माधयममा आबद्धा ३० जना भन्दा बढी स्वास्थ्य पत्रकारहरु सहभागी थिए।

उक्त कार्यक्रममा नेपालस्थित विश्व स्वास्थ्य संगठनका जनस्वास्थ्य सल्लाहकार डा. गाम्पो दोर्जीले राष्ट्रिय सडक सुरक्षाको समस्याको बारेमा प्रस्तुत दिदै सुरक्षित सडक प्रणाली अपनाउनु पर्नेमा जोड दिए।

सरकारी तथ्यांक अनुसार नेपालको सडकमा सबैभन्दा बढी गुड्ने सवारी साधन दुई पाङ्रेमा मोटरसाइकल र स्कुटर रहेको छ । यस्तै सडक दुर्घटना र त्यसपछि हुने मानवीय क्षतिमा पनि मोटरसाइकल र स्कुटरमा सवारी गरेका व्यक्तिहरु हुने गरेको पाइएको छ ।

डा. दोर्जीले मोटरसाइकल तथा स्कुटरमा सवार व्यक्तिले सुरक्षित हेलमेटको सही प्रयोग गर्न नसक्दा मानवीय क्षति बढी भएको बताए । सरकारले तय गरेको कानूनमा मोटरसाइकल तथा स्कुटरमा सवार सबै व्यक्तिले हेलमेट लगानुपर्ने लेखिएको भए पनि कार्यान्वयन नभएको भन्दै चिन्ता व्यक्त गरे । सो क्रममा उनले आफ्नो सुरक्षाका लागि पनि व्यक्ति स्वयंले सही हेलमेटको सही प्रयोगमा ध्यान दिनु पर्ने भन्दै यसको प्रयोगले सडक दुर्घटना हुदा टाउकोमा चोट लाग्ने जोखिमलाई कसरी बचाउन सकिन्छ भन्ने जानकारी दिए।

डब्लुएचओ नेपालका मानसिक रोग विशेषज्ञ डा केदार माराहट्ठाले मिडियाको जिम्मेवारी तथा सडक सुरक्षासम्बन्धी जनचेतना फैल्याउन, नीति निर्माण र सडकमा सुरक्षित व्यवहारको प्रवर्द्धनमा खेल्न सक्ने भूमिका बारे प्रस्तुती तथा छलफल गरेका थिए।

सुरक्षीत सडकका लागि सबै सरोकारवालाहरुले जिम्मेवारी भएर सक्रिय भूमिका निभाउनु पर्नेमा सहभागीहरुले जोड दिइएको थियो।

डब्लुएचओका अनुसार सन् २०२३/२४ मा मात्र ३४ हजार ५ सय २५ सडक दुर्घाटना भएकोमा २ हजार ३६९ जनाको मृत्यु भएको थियो भने ६ हजार १६० जना गम्भिर घाइते भएका थिए। त्यसैगरी सामान्य घाइते हुनेको संख्या २५ हजार ९९५ रहेको थियो।

३० बढी स्वास्थ्य पत्रकारको सहभागिता भएको कार्यक्रममा डब्लुएचओका डा रइश पोखरेल, ट्राफिक सुरक्षा परिषद्का सदस्य सुरज कुमार प्रधान, तथा रोटरी इन्टरनेशनलका प्रतिनिधी लगायतको पनि सहभागिता थियो ।

विश्व सडक सुरक्षा सप्ताह हरेक वर्ष १२ देखि १५ मे सम्म मनाइने गरिन्छ।

 

फोटोहरु : डब्लुएचओ नेपाल, एसजी अमात्य

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *