स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
काठमाडौँ, ३१ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायको बेरुजु एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रहेको छ। बुधबार महालेखापरीक्षकको ६२औं प्रतिवेदनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायको बेरुजु रकम सार्वजनिक गरेको हो।
प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १६ निकायमा २३ करोड ६० लाख रुपैयाँ र संगठित, अन्य संस्था र समिति तर्फ १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको छ।
महालेखाका अनुसार सरकारी कार्यालय तर्फ ३० करोड ३ लाख ४६ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ६ करोड ४३ लाख ४६ हजार फर्स्योट भएको र त्यसपछि २३ करोड ६० लाख बेरुजु बाँकी रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।
यसैगरी संगठित, अन्य संस्था र समिति तर्फ पनि प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोड भन्दा बढी रकम फर्स्यौट भएको उल्लेख छ ।
संगठित, अन्य संस्था र समिति तर्फ १ अर्ब ५३ करोड १२ लाख ७५ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ करोड ७७ लाख ११ हजार फर्स्यौंट गरेकोले १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार बाँकी रहेको छ। त्यसमध्ये मध्ये २६ करोड ७८ लाख २७ हजार म्याद नाघेको पेस्की रहेको उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]