विषाक्त मदिरा सेवनका कारण भारतमा १४ जनाको मृत्यु

एजेन्सी । भारतमा विषाक्त रक्सी सेवनका कारण १४ जनाको मृत्यु भएको छ। पञ्जाबमा प्रहरीका अधिकारीहरूले अमृतसर जिल्लामा विषादीयुक्त रक्सी सेवनका कारण १४ जनाको मृत्यु भएको हो ।

त्यसका साथै ६ जनालाई अस्पतालमा भर्ना गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अमृतसरको मजीठामा यो घटना भएको हो।
अमृतसरका एसएसपी मनिन्दर सिंहले भने, ‘हामीलाई हिजो राति करिब ९.३० बजे जानकारी प्राप्त भयो कि यहाँ नक्कली रक्सी सेवनका कारण मानिसहरूको मृत्यु हुन थालेको छ । हामीले तत्काल कारबाही गर्‍यौँ र मुख्य सप्लायर परबजीत सिंहसहित ४ जनालाई हिरासतमा लिएका छौँ ।’

१४ जनाको मृत्यु पुष्टि भइसकेको र ६ जना अझै अस्पतालमा उपचाररत रहेको उनले बताए । यो घटना भंगाली, पातालपुरी, मरारी कलाँ, थेरेवाल र तलवण्डी घुम्मन गाउँमा भएको हो ।

एसएसपीका अनुसार पञ्जाब सरकारले नक्कली रक्सी आपूर्तिकर्ताहरूविरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ।

अमृतसरका डिप्टी कमिश्नर साक्षी एसका अनुसार स्वास्थ्य टोलीहरू ती पाँच गाउँहरूमा घर–घर गई लक्षणहरूको परीक्षण गरिरहेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *