धनुषामा बिहेभोज खाँदा सयभन्दा बढी बिरामी
काठमाडौँ, २९ वैशाख । धनुषामा बिहेभोज खाँदा सय बढी बिरामी परेका छन् । धनुषाको मिथिला विहारी नगरपालिका –८, ठेरा कचुरीमा बिहेभोजमा खाजा खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका हुन् । स्था
नीय नरेश महराको छोरीको बिहेमा आएका जन्ती र स्थानीयले खाजा खाएपछि स्वास्थ्यमा समस्या देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले खाजामा बाँडिएको बुनिया, रसबरी लगायतका परिकार खाएपछि पेट दुख्ने, बान्ता हुने र कमजोरी महसुस हुने लक्षण देखिएको बताए ।
उनका अनुसार आइतबार राति जनकपुर उपमहानगरपालिका –२३, बिन्धीबाट जन्ती ठेरा कचुरी पुगेका थिए । विवाहको स्वयम्बर कार्यक्रम सकिए लगत्तै खाजा वितरण गरिएको थियो । खाजा खाएपछि केहीबेरमै धेरै जनामा स्वास्थ्य समस्या देखिन थालेपछि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ ।
अहिलेसम्म ४५ जना प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका छन् । अन्य बिरामी विभिन्न क्लिनिक तथा निजी अस्पतालमा उपचाररत छन् । केही बिरामी भने सामान्य उपचारपछि घर फर्किका छन् । ।
जनस्वास्थ्य प्रमुख यादवले खाजाको घटनास्थलबाट खाजाको नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताए । परीक्षणपछि खाजा कसरी बिषाक्त भएको भन्ने विषयमा निष्कर्ष आउने उनले बताए ।
सम्पर्क इमेल : [email protected]