नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने

काठमाडौँ, १६ बैशाख । नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।

पछिल्लो समय पत्थरीसम्बन्धी स्वास्थ्य समस्या बढ्न थालेको अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालनमा ल्याउन लागेको हो ।

यही वैशाख २० र २७ गते सञ्चालन हुने निःशुल्क ओपीडीमा जीआइ ल्याप्रोस्कोपिक तथा लेजर सर्जरीका सिनियर कन्सल्ट्यान्ट सर्जन डा. प्रकाश चौधरी र कन्सल्ट्यान्ट युरोलोजिस्ट डा सुनील श्रेष्ठले सेवा दिनेछन ।

बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुने ओपीडीमा निःशुल्क परामर्शका साथै स्क्रीनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

निःशुल्क ओपीडी सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्नसमेत अस्पतालले आग्रह गरेको छ ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि विभिन्न रोगको निःशुल्क ओपीडी सञ्चालन गरिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *