आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरले गर्‍यो सेवा बिस्तार

72
Shares

काठमाडौं, २७ माघ । काठमाडौंको तिलगंगामा रहेको मानसिक स्वास्थ्य समस्याको उपचार गर्ने केन्द्र ‘आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर’ले सेवा बिस्तार गरेको छ।

पाँच वर्ष अघि मनोसामाजिक समस्या भएकाहरुका लागि काउन्सिलिङ तथा साइको थेरापी सेवा सुरु गरेको अस्पतालले १५ शैय्याको मानसिक अस्पतालका रुपमा विकास गर्दै सेवा बिस्तार गरेको हो।

यसैबीच शनिबार आयोजित सेवा बिस्तार कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिका वडा नं ८ का अध्यक्ष आशामान संगतले अस्पतालको सेवा बिस्तार हुनु खुशीको कुरा भन्दै साथ सहयोग रहने प्रतिवद्धता जनाए ।

अस्पतालकी अध्यक्ष डा रचना शर्मा बस्नेतले अस्पतालले प्रमोसन, प्रिभेन्सन, ट्रिटमेन्ट र रिह्याविलिटेसन जस्ता सबै क्षेत्रमा काम गरिरहेको बताइन्। अस्पतालले उपचारमा ‘होलिस्टिक एप्रोच’ मेडिसिन, थेरापी काउन्सिलिङ संगै लगिएको जानकारी दिइन्।

त्यसैगरी आत्मन अस्पतालकी कार्यकारी निर्देशक साधना थापाले मानसिक स्वास्थ्यको प्रवर्धन तथा उपचार क्षेत्रमा सेवा दिने उदेश्यले २०१९ मा कान्सिलिङ र साइको थेरापीबाट सेवा सुरु गरि समग्र मानसिक स्वास्थ्य सेवाको रुपमा विकास गरिएको बताईन्।

कार्यक्रममा नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा अनिलबिक्रम कार्की, काठमाडौं विश्वविद्यालयका सहायक डा दीपक कुवर, त्रिवि टिचिङ हस्पिटलका मानसिक रोग विभागका प्रमुख डा सरोज ओझा तथा विश्व स्वास्थ्य संगठनका मानसिक रोष विशेषज्ञ डा केदार मरहट्ठाले अस्पतालको सेवा बिस्तारको लागि शुभकामना दिएका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *