आइएजीइएस र एसएसएनको सहकार्यमा साउथ एशियन सम्मेलन काठमाडौँमा जारी

काठमाडौँ, २० माघ । इन्डियन एशोसिएसन अफ ग्यास्ट्रोइन्टेस्टाइनल एण्ड इन्डोस्किोपिक सर्जन (आइएजीइएस) र सोसाइटी अफ सर्जनस् अफ नेपाल (एसएसएन) को सहकार्यमा साउथ एशियन सम्मेलन काठमाडौंमा भइरहेको छ ।
यो सम्मेलन जनवरी ३० देखि फ्रेबुअरी २ सम्म नेपाल मडिसिटी अस्पताल र हायात रिजेन्सी काठमाडौंमा भइरहेको छ ।
सम्मेलनमा नेपाल तथा भारतका गरी २०० सय भन्दा बढि चिकित्सकहरुको सहभागिता रहेको छ ।
मिनिमल इन्भेसिभ सर्जरी, रोबोटिक सर्जरी, र इन्डोस्कोपी क्षेत्रको विश्वव्यापी नवीनतम प्रगति, प्रवृत्ति र चुनौतीहरुबारे ज्ञान आदनप्रदान गर्ने उद्धेश्यले यो सम्मेलन आयोजना गरिएको आइएजीइएसका अध्यक्ष डा. सुवास अग्रवालले बताए ।
विश्वभरका प्रख्यात विशेषज्ञहरू, नवप्रवर्तकहरू र सर्जनहरूको सहभागिता र ज्ञान आदानप्रदानले अत्याधुनिक अनुसन्धानमा सहकार्य गर्न र यस क्षेत्रमा विकासलाई बढावा दिन सहयोग पुग्ने डा. अग्रवालले बताए ।
भारतबाट आएका चिकित्सकहरुले नेपाल मेडिसिटीमा हुने दुरवीन प्रविधिबाट गरिने जीआई सर्जरी खासगरी हर्निया ल्याप्रोस्कोपिक फाउण्डोप्लिकेशन,कोलोरेक्ट्रचल तथा गलब्लाडर एपेन्डिक्सका जटिल शल्यक्रिया भारतकै स्तरमा रहेको भन्दै प्रशंसा गरे ।
हालसम्म नेपाल मेडिसिटीमा दुई वटै शल्यक्रिया युनिटबाट ८००० भन्दा बढि शल्यक्रिया दुरवीन प्रविधिबाट भएको जानकारी एसएसनका पूर्व अध्यक्ष तथा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिल कुमार शर्माले बताए ।
सम्मेलनमा विशेषत शल्यक्रियाको भविष्यमा अन्तरदृष्टि, रोबोटिक्स, अग्मेन्टेड रियालिटी, शल्यक्रियामा आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत ल्याप्रोस्कोपिक प्रविधिहरू जस्ता परिवर्तनकारी आविष्कारहरूको खोजीबारे छलफल गरिएको डा. शर्माले बताए ।
सम्मेलनमा आइएजिइएसले डा. शर्मालाई अनररी फेलोसिप दिनुका साथसाथै यस सम्मेलनको दुई मुख्य ओरेसन मध्य एक विशेष मन्तव्य डा. शर्माले दिने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

