नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा भरतपुर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी अधिकारीविरुद्ध मुद्दा दायर

492
Shares

काठमाडौँ, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल , चितवनको प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा भ्रष्टाचार  मुद्धा दायर गरेको छ ।

आयोगले अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भेटिएपछि  भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उक्त उजुरी निवेदनमाथि अनुसन्धान हुँदा अधिकारीले प्रशासनतर्फ वरिष्ठ सहायक पदमा बढुवा प्रयोजनको लागि प्रमाणपत्र तहको झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदोन्नती भएको भेटिएको हो ।

अधिकारीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१)बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिई आज (शुक्रबार) विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *