काठमाडौँ विश्व विद्यालयको उपकुलपति को बन्लान ? १६ जनाको आवेदन स्विकृत

364
Shares

काठमाडौँ, २ माघ । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि दरखास्त दिएका १७ जना मध्ये १६ जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार एक जनाको आवेदन अस्वीकृत भएको छ ।

सिफारिस समितिले गत १८ पुसमा दरखास्त आह्वान गरेको थियो । आगामी ६ माघदेखि उपकुलपति भोला थापाको कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।

अब १६ जनाबाट उपकुलपतिका लागि तीन जानको नाम छनोट समितिले सिफारिस गर्ने छ ।

केयूकै पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा नाम सिफारिस गर्न समिति गठन भएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *