बीएम फाउण्डेशनले गर्‍यो चेपाङ समुदायका बालबालिका लक्षित नि:शुल्क मुख स्वास्थ्य शिविर

116
Shares

काठमाडौँ, २२ पुस । चितवनको कालिका नगरपालिका १० मझवाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार विद्यार्थीहरुको निशुल्क रुपमा मुख तथा दन्त स्वास्थ्य परीक्षण तथा जनचेतना शिविरको आयोजना गरिएको छ ।

बीएम फाउण्डेशनको आयोजनामा सम्पन्न एक दिने उक्त शिविरमा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौँ, कान्तिपुर डेन्टल सेन्टर नारायणघाट र भरतपुर, रोटरीक्लव अफ काठमाडाँै नर्थ र गरिमा विकास बैंकको सहयोग थियो भने सह आयोजक कालिका नगरपालिका थियो ।

बीएम फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार उक्त शिविर चेपाङ समुदायका विपन्न बालबालिका लक्षित थियो । चेपाङ बालबालिका अध्ययन गर्ने सो सामुदायिक विद्यालयका शिक्षक समेत गरेर कुल १८८ जनाको मुख तथा दन्त स्वास्थ्य परीक्षण गरिनुका साथसाथै मुख तथा दन्त स्वास्थ्यका बारेमा प्रशिक्षण दिइएको थियो ।

उक्त शिविरमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, वडा नं १० का वडाध्यक्ष महेन्द्रप्रजा चेपाङ, राष्ट्रिय माविका प्रअ फणिन्द्र पनेरु, गरिमा विकास बैंकका क्षेत्रीय म्यानेजर कुमार गुरुङ, समुदायिक सहयोग केन्द्रका प्रमुख बासुदेव अधिकारी, रोटरी क्लव अफ काठमाडौँ नर्थका सभापति प्रितम पौडेल लगायतले मुख स्वास्थ्य शिविरका बारेमा बोलेका थिए ।

उक्त शिविरमा डा. सृष्टि, डा. बुनम, डा. निशा, डा. किसान, डा. दिवाकर, डा. ममता खटिएका थिए । यस्तै डेन्टल हाइजिनिष्ट राहुल, सविता संगै जनस्वाथ्य अधिकृत स्वेच्छा मरासिनी र सुदीक्षा लोहनी सहभागी थिए ।

बीएम फाउण्डेशनका अध्यक्ष डा. श्रेष्ठले पछाडी परेको चेपाङ समुदायका विपन्न बालबालिका लक्षित शिविर सम्पन्न गर्न सहयोगी बनेर आएका सबै निकायलाई धन्यवाद दिए । उनले भविस्यमा पनि यस्ता पहुँचविहीन क्षेत्र र त्यस्ता समुदाय केन्द्रीत शिविर सञ्चालन गरिरहने बताए ।

सो अवसरमा बालबालिकाहरुलाई टुथपेष्ट र टुथब्रस वितरण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *