बालगायक सचिन परियारको निधन

काठमाडौँ, १८ पुस । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनी एक साता अघि अस्पताल भर्ना भएका थिए । केही वर्षअघि सामाजिक सञ्जालमार्फत चर्चामा आएका सचिनले गाएका आधा दर्जन लोकगीत करोड क्लबमा पुगेको छ ।
हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।
उनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




