एम्पक्सको जोखिमसँग जुध्न अपनाइएको सजगताबारे जानकारी लिन स्वास्थ्य मन्त्री पौडेल पुगे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

172
Shares

काठमाडौँ, १७ पुस । एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे जानकारी लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । त्यस अवसरमा उनले विमानस्थलस्थित अधिकारीहरुसंग सम्छिप्त बैठक गर्दै जोखिम फैलन नदिन प्रभावकारी सेवाका लागि आग्रह गरेका छन् ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिन थालेको छ ।

मन्त्री पौडेलले विमानस्थलमा एयरलायन्स, नागरिक उड्डयन अधिकारी, अद्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीहरुसहित अधिकारीहरुलाई एमपक्सको सम्भावित जोखिमको चर्चा गर्दै नियन्त्रणका सबैको साथ आवश्यक रहेको बताए । उनले अधिकारीहरुसंग भने ‘तपाईंहरुलाई कुनै पनि काम कुरामा आवश्यक सहयोग उपलब्ध गराउन हामी तयार छौं,’ उनले भने, ‘केही समस्या परे भन्नुहोला ।’

हाल साउदी अरेबियाबाट आएका दुई नागरिकमा संक्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन् । अर्का एकको सुरक्षित अवस्थामा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भैरहेको छ ।

मन्त्री पौडेलले नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल अनि सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले एम्पक्स नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहकार्य रहने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *