मोहन वैद्य अस्पताल भर्ना

236
Shares
फाइल फोटो

काठमाडौँ, १२ पुस । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पतान भर्ना भएका छन् ।

दम बढेपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै शिक्षण अस्पताल भर्ना भएको सचिवालयले जनाएको छ ।

एक वर्षअघि पनि दम तथा श्वासप्रश्वासको समस्याबाट पीडित हुँदा उनले त्रिवि अस्पतालमै भर्ना भएर उपचार गराएका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *